थप २ हजार सात सय ६० जनामा कोरोना संक्रमण, मृत्यु कति ?

Admin
बिहीबार , १७ असार , २०७८ , १६:५३, काठमाडाैं
facebook sharing button
twitter sharing button
linkedin sharing button
whatsapp sharing button

नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार सात सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९८५ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ७६ हजार ५०९ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार १४५ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा चार हजार १४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ रहेको छ ।